उपसभामुख हटाउने काम गरेर कांग्रेस-एमालेले संवैधानिक व्यवस्थाको दुरुपयोग गरे : लिङ्देन

हिमाल प्रेस ४ भदौ २०८२ ६:४५ | Wednesday, August 20, 2025
उपसभामुख हटाउने काम गरेर कांग्रेस-एमालेले संवैधानिक व्यवस्थाको दुरुपयोग गरे : लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना हटाउन गर्न लागिएको प्रयासको विरोध गरेका छन्।

सत्ताधारी दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख राना हटाउन संसद्‌मा महाभियोग प्रस्ताव दर्ताको तयारी गरेका छन्। यसका लागि उनीहरूले खाली पानामा आफ्ना सांसदको हस्ताक्षर संकलन गरेका छन्।

‘संवैधानिक परिषद्‌मा सत्तापक्षको बहुमत पुर्‍याउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग हो’, लिङ्देनले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: ४ भदौ २०८२ ६:४५ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast