उपसभामुख हटाउने कामको विरोधमा माओवादी

हिमाल प्रेस ४ भदौ २०८२ १७:०० | Wednesday, August 20, 2025
उपसभामुख हटाउने कामको विरोधमा माओवादी फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने कामको विरोध जनाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखका बारेमा बारम्बार चर्चा गरेर आक्रमण र आतंकित बनाउने काम भएको भन्दै विरोध जनाएका हुन्।

सामाजिक काममा सक्रिय एउटा जनजाति महिलामाथि यसरी आतंकित पार्ने र उनको मानमर्दन गरेर सदनलाई कमजोर पार्ने काम नगर्न उनले ध्यानाकर्षण गराए।

त्यस्तै पाण्डेले राज्य व्यवस्था समिति सभापतिको निर्वाचन अविलम्ब गरी समितिको कामलाई अगाडि बढाउन माग गरे।

उनले निजामति कर्मचारी विधेयकमाथि भएको छेडखानी छानविन गर्न गठित विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरे।

प्रकाशित: ४ भदौ २०८२ १७:०० | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast