उपसभामुख हटाउनेबारे नागरिक उन्मुक्तिको निर्णय भइसकेको छैन : रञ्जिता श्रेष्ठ

हिमाल प्रेस ३ भदौ २०८२ १६:२३ | Tuesday, August 19, 2025
उपसभामुख हटाउनेबारे नागरिक उन्मुक्तिको निर्णय भइसकेको छैन : रञ्जिता श्रेष्ठ

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्नेबारे आफ्नो पार्टीले कुनै निर्णय नगरेको बताएकी छन्।

नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकसँग सिंहदरबारमा भेटपछि पत्रकारसँग कुरा गर्दै उनले अहिलेसम्म पार्टीले औपचारिक निर्णय नलिएको बताइन्।

‘उहाँहरूले हामीले त हस्ताक्षर गरिरहेका छौं, तपाईंहरूले पनि साथ दिनुपर्‍यो भन्नुभयो। तर उपसभामुख अहिले देशबाहिर हुनुहुन्छ। त्यसैले अहिले नै निर्णय भइहाल्दैन, हामीले पनि तत्काल निर्णय दिन सक्दैनौं भनेँ,’ श्रेष्ठले भनिन्।

प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद रहेका छन्। यसैबीच, उपसभामुखलाई पदबाट हटाउने तयारीस्वरूप कांग्रेस र एमालेले आफ्ना सांसदहरूसँग हस्ताक्षर संकलन गरिसकेका छन्।

विपक्षी दलहरूले उपसभामुखलाई हटाउने कांग्रेस र एमालेको कदम अस्वीकार्य भएको भन्दै विरोध जनाएका छन्।

प्रकाशित: ३ भदौ २०८२ १६:२३ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast