उपप्रधान एवं सहरी विकासमन्त्री सिंहसँग आज राष्ट्रियसभामा प्रश्नोत्तर

हिमाल प्रेस ३ भदौ २०८२ ६:३७ | Tuesday, August 19, 2025
उपप्रधान एवं सहरी विकासमन्त्री सिंहसँग आज राष्ट्रियसभामा प्रश्नोत्तर उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह

काठमाडौँ- आज दिउँसो राष्ट्रियसभाको बैठक बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बैठक बस्ने भएको हो । बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन्।

संघीय संसद् सचिवालयलेका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

प्रकाशित: ३ भदौ २०८२ ६:३७ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast