एएफसी यू२० महिला एसियन कप छनोट

उत्तर कोरियालाई हराउन सके नेपाल एसियन कपमा

हिमाल प्रेस २५ साउन २०८२ ७:५९ | Sunday, August 10, 2025
उत्तर कोरियालाई हराउन सके नेपाल एसियन कपमा तस्बिर एन्फा

काठमाडौँ- एएफसी यू२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’को अन्तिम तथा निर्णायक खेलमा नेपालले आइतबार (आज) उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ। खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार १ः४५ बजे सुरु हुनेछ।

उत्तर कोरियालाई हराउन सके नेपालले अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपमा स्थान बनाउने छ। उत्तर कोरियालाई भने कम्तिमा पनि बराबरीको नतिजाले एसियन कपमा पुर्‍याउनेछ।

गोलका लागि संघर्षरत नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली भुटानसँग १-१ को बराबरी खेलेको थियो। शुक्रबार सम्पन्न दोस्रो खेलमा नेपालले साउदी अरेबियाविरुद्ध १-० को कठिन जित हासिल गर्‍यो।

एसियन कपको साविक विजेता उत्तर कोरियाले पछिल्ला दुई खेलमा २५ गोल गरेको छ। पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियामाथि १५-० को सानदार जित हासिल गरेको थियो। दोस्रो खेलमा घरेलु टोली १०-० ले निराश बन्यो।

शुक्रबार भुटान र साउदी अरेबिया दुबैको एसियन कप पुग्ने सम्भावना एक खेलअगावै समाप्त भएको थियो ।

प्रकाशित: २५ साउन २०८२ ७:५९ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast