उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गर्न माओवादी केन्द्रको माग

हिमाल प्रेस १३ भदौ २०८२ ५:३० | Friday, August 29, 2025
उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गर्न माओवादी केन्द्रको माग

काठमाडौँ– नेकपा माओवादी केन्द्रले आन्दोलनरत उखु किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उनीहरूले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेको छ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले उखु उत्पादनमा निर्भर किसान वर्गको पसिनाको मूल्य, अधिकार र सम्मान गर्न सरकारसँग अनुरोध गरेका छन्।

माओवादी केन्द्रले बिहीबार विज्ञप्ति जारीगरी उखु किसान काठमाडौँको माइतीघर मण्डलामा अनशन बस्न बाध्य हुनुपरेको विषयप्रति माओवादी केन्द्रको ध्यानाकर्षण भएको जनाएको छ।

जारी विज्ञप्तिमा भनिएको छ,‘बक्यौता रकम नपाएर पीडित किसानलाई सरकारले अझ अपमानित गर्नेगरी हालै उखुको समर्थन मूल्य घटाउने निर्णय गर्नु किसान विरोधी र गैरजिम्मेवार कदम हो भन्ने हाम्रो ठम्याइ छ।’

किसानवर्ग उत्पादन प्रणालीको मेरुदण्ड मात्र नभई राष्ट्रिय अर्थतन्त्रको आधारशिला हुन् भन्ने यथार्थलाई सरकारले बेलैमा आत्मसात गरी उखुको समर्थन मूल्य र त्यसमा दिइने अनुदानलाई किसानमैत्री ढंगले पुनःनिर्धारण गर्न तथा किसानले उठाएका सबै जायज मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न माओवादी केन्द्रले माग गरेको छ।

प्रकाशित: १३ भदौ २०८२ ५:३० | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast