काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।
मंगलबार माइतीघरमा पुगेर पूर्वप्रधानमन्त्री नेपालले उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै केहिबेर धर्नामा सहभागी भए।
सो क्रममा नेपालले किसानको माग र समस्याका बारेमा जानकारी लिए। अध्यक्ष नेपालले आफ्ना पार्टीले उखु किसानका बारेमा सदनमा पनि आवाज उठाएको र धर्नास्थलमा आएर किसानहरूका मनोबल उठाउन खोजेको बताए।
उखु किसानको आन्दोलन निजी स्वार्थका लागि नभएर देशको अर्थतन्त्रका लागि पनि महत्वपूर्ण रहेको अध्यक्ष नेपालको भनाइ थियो। उनले किसानले लामो समयदेखि विभिन्न समस्या भोग्नुपरेकाले जायज मागलाई तुरुन्त सम्बोधन गर्नुपर्ने बताए।
प्रकाशित: १० भदौ २०८२ १६:१३ | Tuesday, August 26, 2025
प्रतिक्रिया




