इलाम- इलाम बजारको बसपार्कस्थित गजुरमुखी होटलमा एक पुरुषको शव फेला परेको छ । राति होटलमा आएर सुतेका पाँचथरको हिलिहाङ गाउँपालिका ३ का अन्दाजी ३४ वर्षे डुपछिरिङ शेर्पा मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको र मृतकका परिवारजन आएपछिमात्र उनको शव त्यहाँबाट निकालिने प्रहरीको भनाइ छ।
पालिका पेजबाट
प्रकाशित: ८ भदौ २०८२ ९:४० | Sunday, August 24, 2025
प्रतिक्रिया




