इन्द्रजात्राका मूर्त-अमूर्त सम्पदाको अभिलेखीकरण

हिमाल प्रेस १३ भदौ २०८२ २१:२४ | Friday, August 29, 2025
इन्द्रजात्राका मूर्त-अमूर्त सम्पदाको अभिलेखीकरण

काठमाडौँ- काठमाडौँको सबैभन्दा जीवन्त पर्व मानिने इन्द्रजात्राको मूर्त तथा जीवन्त/अमूर्त सम्पदाको अभिलेखीकरण गरिएको छ।

काठमाडौँ महानगरपालिका-२३ को लगानीमा विज्ञहरूद्वारा अध्ययगन गरी ती मूर्त तथा अमूर्त सम्पदाको अभिलेखीकरण गरिएको हो। आज (शुक्रबार) हनुमानढोका दरबार सङ्ग्रहालयमा एक समारोहका बीच उक्त इन्द्रजात्राको मूर्त तथा जीवन्त/अमूर्त सम्पदाको अभिलेखीकरण गरिएको दस्ताबेज विमोचन गरिएको छ।

विमोचन समारोहमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले यस्ता सम्पदा भावी पुस्ताका लागि संरक्षण गर्न जरुरी रहेको र यो प्रयासको सराहना गरिन्।उनले महानगरले यहाँभित्रका सम्पदा संरक्षणका काम गर्दै आएको जानकारी दिँदै इन्द्रजात्राको अभिलेखीकरण दस्ताबेज एउटा नमुना भएको बताए।

उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका–२३ का अध्यक्ष मचाराजा महर्जनले इन्द्रजात्रा अन्तरराष्ट्रियकरण भइरहेको उल्लेख गर्दै यो अभिलेखमा हराइरहेका परम्परालाई पनि समावेश गरेर संरक्षण प्रयास गरिएको सुनाए। उनले भने, ‘इन्द्रजात्रामा विगतमा चलेका तर अहिले बन्द भएका परम्परा, गतिविधि पनि यो अध्ययन, अनुसन्धानमा आएको छ, सम्पदामार्गमा चल्ने परम्परा हराइरहेको अवस्थामा अभिलेखमार्फत भावी पुस्तालाई देखाउन सकिने भएको छ।’

अब इन्द्रजात्राको रथमात्र रहने र लाखे नाचमात्र रहने स्थिति हो कि भन्ने चिन्ता भएकाले अभिलेखीकरणको प्रयास गरिएको उनले बताए। गएको वर्षदेखि नै यस्ता सम्पदा संरक्षणका लागि महानगरको नीति तथा कार्यक्रममै समावेश गरेर बजेट विनियोजन गरिएको उनले जानकारी दिए। यो क्रम जारी रहने अध्यक्ष महर्जनको भनाइ थियो। रासस

प्रकाशित: १३ भदौ २०८२ २१:२४ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast