इजरायल-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने राजदूत बासको प्रतिबद्धता

हिमाल प्रेस २५ साउन २०८२ १८:४६ | Sunday, August 10, 2025
इजरायल-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने राजदूत बासको प्रतिबद्धता

काठमाडौँ- नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासले इजरायल-नेपाल सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै यसलाई थप उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताएका छन्।

इजरायलमा अध्ययन गरेको नेपालीहरुको संस्था सलोम क्लबले आज (आइतबार) यहाँ आयोजना गरेको कार्यक्रममा उनले कठिन समयमा रहेको इजरायललाई नेपालले सधैँ नैतिक समर्थन गर्दै आएकामा आभार व्यक्त गर्दै आफ्नो मुलुकले पनि नेपाललाई भरपर्दो मित्रका रुपमा व्यवहार गर्दै आएको बताए।

राजदूत आरीबासले शिक्षा, स्वास्थ्य, कृषि विकास, श्रम र सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा नेपाललाई यथाशक्य सहयोग गर्दै आएको र त्यो भविष्यमा पनि निरन्तर रहने बताउँदै निकट भविष्यमा एक हजार नेपाली श्रमिक इजरायल जान लागेका जानकारी दिए। दुवै देशका सरकारी अधिकारी नेपाली श्रमिकलाई इजरायल पठाउने प्रक्रिया पूरा गर्ने चरणमा रहेको उनले बताए।

क्लबका अध्यक्ष प्राध्यापक भीमप्रसाद श्रेष्ठले नेपाल र इजरायलबीचको जनस्तरको सम्बन्धसेतुका रुपमा क्लबले काम गरिरहेको बताए। रासस

प्रकाशित: २५ साउन २०८२ १८:४६ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast