आमसञ्चार विधेयकमा छलफल आवश्यक छ : मुख्यमन्त्री कार्की

हिमाल प्रेस १० भदौ २०८२ १९:४२ | Tuesday, August 26, 2025
आमसञ्चार विधेयकमा छलफल आवश्यक छ : मुख्यमन्त्री कार्की

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा रहेको आमसञ्चार विधेयकका विषयमा थप छलफल आवश्यक रहेको बताएका छन्। मंगलबार (आज) नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै उनले विधेयकको विषयमा थप छलफल गर्ने बताएका हुन्।

उनले संसदभित्र प्रवेश गरिसकेको विषय सरकारको मात्रै विषय नभएकोले सरोकारवाला दलहरूसँग छलफल गरेर अगाडि बढ्ने बताए। मुख्यमन्त्री कार्कीले आफू कोशी प्रदेशमा आएदेखि नै पत्रकारहरूको एउटा दर्विलो संस्था बनाउने इच्छा रहेको उल्लेख गर्दै कानुन मार्फत नै संस्था बनाएर काम गर्ने सोचअनुरूप यो विधेयक ल्याएको बताए।

पत्रकारसँग जोडिएका सङ्घ, संस्थाको चासो र सरोकार गम्भीरतापूर्वक आएकाले अब यसलाई थप छलफल गरेरै अगाडि बढाउने बताए। कार्कीले आफू आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हुँदा बनेको संस्था बीचैमा खारेज हुँदा सरकारवालाहरू मौन रहेकाले त्यसलाई परिपूर्ति गर्न कानुनमार्फत नै प्रयत्न गरेको स्मरण गर्दै अहिले प्रदेशसभामा भएको विधेयकमा देखिएका विषयलाई छलफलका माध्यमबाट समाधान गरिने प्रयत्न गर्ने जानकारी दिए।

अब अहिले बनेको विधेयक थप छलफल गर्नुपर्ने अवस्थामा पुगेकोले विधेयक पास हुन समय लाग्ने उनले उदृत गरे। आफू प्रेस स्वतन्त्रता तथा संविधानले प्रत्याभूत गरेका अधिकारका विषयमा प्रतिबद्ध भएको उल्लेख गर्दै उनले पत्रकारहरूको मागलाई सकारात्मक रूपमा लिएको बताए।

सो अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का तथा महासचिव हिमा चेम्जोङले पत्रकारहरूका माग र सम्बोधन गर्नुपर्ने विषयका बारेमा संस्थागत धारणा राखेका थिए। समाचार लेखेकै आधारमा पत्रकारलाई दण्ड र जरिबाना लगाउनेसहितको बुँदासहित आमसञ्चार विधेयक ल्याएपछि कोशीका पत्रकार आन्दोलित छन्।

प्रकाशित: १० भदौ २०८२ १९:४२ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast