नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ केन्द्रीय कार्यसमितिद्वारा राष्ट्रिय सभागृहमा आयोजित ३१औँ विश्व आदिवासी दिवस विशेष कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर : गोपाल दाहाल/रासस
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा उल्लेख आदिवासी जनजातिको अधिकारलाई थप संस्थागत गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
३१ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतन्त्रवाद आदिवासी जनजाति महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले विभिन्न आन्दोलनबाट संविधानमा प्राप्त अधिकारलाई थप संस्थागत गर्दै अघि बढ्नुपर्ने बताएका हुन्।
उनले आदिवासी जनजातिको अधिकारका विषयमा कांग्रेसले घोषणापत्रमार्फत नै प्रतिबद्धता जनाएको बताए। संविधानको प्रस्तावनामा नै सबै प्रकारको विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको विषय उल्लेख भएको उनको भनाइ छ।
सभापति देउवाले आदिवासी जनजातिको आत्मसम्मान र सहअस्तित्वका लागि कांग्रेस सदैव संवेदनशील रहेको समेत उनले उल्लेख गरे।
प्रकाशित: २३ साउन २०८२ १८:३६
प्रतिक्रिया



