काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरियो तरकारीको थोक मूल्य सार्वजनिक गरेको छ। हरियो तरकारीको थोक बजारमा आज गोलभेँडा, गाजर, भन्टा, बन्दा र फर्सीमा उल्लेख्य मूल्य उतारचढाव देखिएको छ।
गोलभेँडा (ठूलो) ६०, सानो टनेल ४०, गाजर (लोकल) ११०, तराई गाजर ९०, बन्दा ३०, काउली (स्थानीय) ८०, भन्टा (लाम्चो) २०, डल्लो ४०, भिण्डी ५५, फर्सी हरियो ३०-५०, घिरौँला ४०, टाटे सिमी ६०, लौका ३०, परबर ६०, घिउ सिमी ५०-५५, झिगुनी ६० र भटमास कोसा ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।
चुकुन्दर ८०, सलगम ७०, स्कूस ५०, पिँडालु ७०, सखरखण्ड ८०, चिचिण्डो २५, निगुरो ९०, कुरिलो ३००, डल्ले च्याउ ३८० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
प्रकाशित: १६ साउन २०८२ ९:२८ | Friday, August 1, 2025
प्रतिक्रिया




