 
                             
                                            काठमाडौँ- नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँ पुगेको थियो। यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार दुई सय ३५ रुपैयाँ किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो।
                            प्रकाशित: १६ साउन  २०८२ ११:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 