‘आचार्य’ को छायांकन भारतमा हुँदै

हिमाल प्रेस ४ भदौ २०८२ ११:२६ | Wednesday, August 20, 2025
‘आचार्य’ को छायांकन भारतमा हुँदै

काठमाडौँ- फिल्म ‘आचार्य’ को छायांकन भारतमा हुने भएकाे छ। भारतको डुअर्समा यही भदौ ६ देखि छायांकन सुरु हुन लागेकाे हाे। योसँगै बागडोगरा, सिलीगुडी, लखनऊको ठाकुरगञ्ज, मुम्बई, नासिक र झारखण्डमा छायांकन गरिने फिल्मका अभिनेता तथा निर्देशक निखिल उप्रेतीले बताए।

अभिनेता तथा निर्देशक उप्रेतीसहित फिल्मकी निर्मात्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिंजापती, छायाकार मनु बिके र कलाकार तथा मुख्य सहायक निर्देशक सयनम अधिकारी काठमाडौँबाट भारत प्रस्थान गरेका छन्।

फिल्मको केही भाग नेपालमा पनि छायांकन गरिनेछ। निखिलका अनुसार ‘आचार्य’ एक्सन जनरामा बन्नेछ। फिल्ममा निखिल स्वयंको मुख्य भूमिका रहनेछ। अन्य कलाकारमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारीलगायत रहनेछन्।

प्रकाशित: ४ भदौ २०८२ ११:२६ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast