असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

हिमाल प्रेस ४ भदौ २०८२ ६:५१ | Wednesday, August 20, 2025
असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौँ- देशभरका सवारीसाधनमा आगामी असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्न भएको छ। सडक विभागले मंगलबार सूचना जारी गर्दै प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सवारी धनीलाई निर्देशन दिएको हो।

विभागले सूचनामा भनेको छ, ‘सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागी सबै सवारीधनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरूमा गई हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ।’

२०८१ साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो। सोहीअनुसार सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागी सवारी धनीलाई निर्देशन दिइएको हो।

प्रकाशित: ४ भदौ २०८२ ६:५१ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast