अमेरिकी फेडरल रिजर्भकी गभर्नर कुकद्वारा राष्ट्रपति ट्रम्पमाथि मुद्दा दायर

हिमाल प्रेस १२ भदौ २०८२ २१:०९ | Thursday, August 28, 2025
अमेरिकी फेडरल रिजर्भकी गभर्नर कुकद्वारा राष्ट्रपति ट्रम्पमाथि मुद्दा दायर

काठमाडौँ- अमेरिकी फेडरल रिजर्भकी गभर्नर लिसा कुकले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मुद्दा दायर गरेकी छिन्।  यो मुद्दा ट्रम्पले उनलाई पदबाट हटाउने प्रयाससँग सम्बन्धित हो, जसका कारण अमेरिकी केन्द्रीय बैंकको स्वायत्ततासम्बन्धमा कानुनी विवाद खडा भएको छ।

कुकले अदालतसँग अपिल गर्दै ट्रम्पले आफूलाई बर्खास्त गर्ने आदेशलाई ‘गैरकानुनी र अमान्य’ घोषित गर्न माग गरेकी छिन्। उनले फेड चेयरम्यान जेरोम पावेल र बोर्ड अफ गभर्नर्सलाई पनि प्रतिवादी बनाएकी छिन्।

कुकले मोर्टगेजसम्बन्धी झुटो बयान दिएको ट्रम्पको भनाइ छ। उनले संवैधानिक अधिकारको हवाला दिँदै आफूसँग कुकलाई हटाउने अधिकार रहेको उल्लेख गरेका छन्। अमेरिकी इतिहासमा पहिलोपटक कुनै राष्ट्रपतिबाट फेडरल रिजर्भका गभर्नरलाई हटाउने प्रयास गरिएको हो।

कुक, जेरोम पावेलका साथै बोर्डका अधिकांश सदस्यहरूले गत जुलाईको अन्त्यतिर भएको फेडरल रिजर्भको बैठकमा अमेरिकी ब्याजदर कायम राख्ने पक्षमा मतदान गरेका थिए।

ट्रम्प ब्याजदर घटाउन लगातार केन्द्रीय बैंकमाथि दबाब दिइरहेका छन् र यसलाई लिएर टकरावजस्तो स्थिति बनेको छ।

कुकलाई सन् २०२२ मा तत्कालीन डेमेक्रेटिक राष्ट्रपति जो बाइडेनले नियुक्त गरेका थिए। उनी यस पदमा काम गर्ने पहिलो अफ्रिकी–अमेरिकी महिला हुन्।

प्रकाशित: १२ भदौ २०८२ २१:०९ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast