 
                             
                                            काठमाडौँ- अमेरिकी डलरको मूल्य आज पनि उच्च विन्दुमा कायम भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा तोकिएको छ।
हालैका दिनमा अन्तर्राष्ट्रिय मुद्रा बजारमा देखिएको उतारचढावसँगै नेपालमा डलरको मूल्य उच्च दरमा कायम हुन थालेको हो। आयातनिर्यातमा यसको असर देखिन थालेको व्यवसायीहरूको भनाइ छ।
केन्द्रीय बैंकले जनाएअनुसार वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुनसक्नेछ। अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमार्फत उपलब्ध हुने बताइएको छ।
                            प्रकाशित: १६ साउन  २०८२ ६:४१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 