अब शशांक पार्टी सभापति बन्नु हुन्छ : मन्त्री खड्का

हिमाल प्रेस ५ भदौ २०८२ १९:३५ | Thursday, August 21, 2025
अब शशांक पार्टी सभापति बन्नु हुन्छ : मन्त्री खड्का ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्का/फाइल तस्बिर

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाली कांग्रेसको अबको सभापति शशांक कोइराला बन्ने दाबी गरेका छन्। बिहीबार लहानमा दिवंगत नेता प्रदीप गिरीको स्मृतिसभालाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवापछि कांग्रेसको सभापति शशांक बन्ने दाबी गरेका हुन्।

शशांक योग्य व्यक्ति र पार्टी संस्थापक बीपी कोइरालाका पुत्र भएकाले उनको स्वाभाविक हक रहेको खड्काको भनाइ छ। प्रतिस्पर्धा भए पनि देउवापछि शशांक नै पार्टी सभापति बन्ने दाबी उनको छ।

‘प्रतिस्पर्धा हुन्छ। तर, शेरबहादुर देउवापछि डा.शशांक कोइराला नै पार्टी सभापति बन्नुहुन्छ। पार्टीको महामन्त्री भइसकेकाले पार्टी कसरी चलाउने ज्ञान उहाँसँग छ,’ खड्काले भने।

मन्त्री खड्काले कांग्रेसभित्र शशांक निष्कलंक व्यक्ति भएको उल्लेख गरे। उनले दिवंगत नेता प्रदीप गिरीले देखाएको बाटोमा हिँड्न कार्यकर्ताहरूलाई आग्रह गरे।

प्रकाशित: ५ भदौ २०८२ १९:३५ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast