‘अन्तिम छाल’ सार्वजनिक गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्: न्यायाधीशको आँखाले न्यायलाई हेर्छु भन्दा महाअभियोग लाग्छ

हिमाल प्रेस २५ साउन २०८२ २०:५६ | Sunday, August 10, 2025
‘अन्तिम छाल’ सार्वजनिक गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्: न्यायाधीशको आँखाले न्यायलाई हेर्छु भन्दा महाअभियोग लाग्छ

काठमाडौँ- उपन्यासकार राजेन्द्र वाग्लेले लेखेलेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक भएको छ।

 साहित्यक पत्रकार सङ्घको आयोजना र भुँडीपुराण प्रकाशन सहआयोजनामा आइतबार उक्त कृतिको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा, वरिष्ठ समालोचक प्रमोदप्रधान, अभिनेता सरोज खनालले संयुक्तरुपमा सार्वजनिक गरेका हुन्।

पूर्वप्रधानन्यायाधीश कार्कीले उपन्यासमा आम जनताले न्यायापालिकाले गर्ने काम, न्यायाधीशको जीवनशैली र उपन्यासकारले २५ वर्षको न्याय क्षेत्रमा बिताएका अनुभव र भावनालाई सिर्जनामा समेटिएको बताइन्।

‘न्याय दिने संस्था अपरिहार्य छ, न्यायको अन्तिम आशाको केन्द्रविन्दु न्यायालय नै हो,’ उनले भनिन्, ‘न्यायालयका कुरा आम जनतामा ल्याउनु पनि साहसको विषय हो, जुन वाग्लेले गर्नुभयो।’

न्यायालय प्राविधिक क्षेत्रको भएको उल्लेख गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘न्यायाधीशको आँखाले न्यायलाई हेर्छु भन्दा महाअभियोग लाग्छ, महाअभियोग लगाउने धम्की आउँछ, राम्रो काम गर्छु भन्दा पनि कठिन छ।’ उपन्यासमा सरल भाषाशैली, सान्दार्भिक उखान टुक्काको प्रयोग गरिएको र राम्रा शब्द चयन गरिएको उनको भनाइ थियो।

न्यायाधीश खतिवडाले उपन्यासमा न्यायिक क्षेत्रको सिंगो जीवन समेटिएको र जीवनका उकाली, ओराली, हाँसो, पीडा सबै समेटिएकाले जीवन्त भएको बताए।

उपन्यासकार वाग्लेले आफूले न्यायालयमा २५ वर्ष बिताउँदाका अनुभवलाई कृतिमार्फत बाहिर ल्याउने प्रयास गरेको जानकारी गराए।

प्रकाशित: २५ साउन २०८२ २०:५६ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast