अनिल साहको कप्तानीमा क्यानले बनायो नेपाल ए टिम, समेटिए आदिल, सन्दीप, पवन र विवेक

हिमाल प्रेस ८ भदौ २०८२ ६:२९ | Sunday, August 24, 2025
अनिल साहको कप्तानीमा क्यानले बनायो नेपाल ए टिम, समेटिए आदिल, सन्दीप, पवन र विवेक

काठमाडौँ- नेपाल क्रिकेट एसोसिएन (क्यान)ले अनिल साहको कप्तानीमा नेपाल ‘ए’ क्रिकेट टिम घोषणा भएको छ। नेपाल ‘ए’ टिमले भारतको असाम प्रान्तको टिमविरुद्ध गुहाटीमा ५ टी२० शृंखला खेल्ने भएको छ।

नेपाल ‘ए’ले अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म भारतमा खेल्ने छ। अनि साह कप्तान हुँदा आदिल आलम, सन्दीप जोरा, पवन सर्राफ, विवेकुमार यादव लगायतका खेलाडी पनि टिममा छन्।

नेपाली टोली

अनिलकुमार साह (कप्तान,विकेटकिपर), शुभ कंसकार, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, आदिल आलम अन्सारी, पवन सर्राफ, विवेकुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर (विकेटकिपर), तृतराज दास, शेर मल्ल, युवराज खत्री

प्रकाशित: ८ भदौ २०८२ ६:२९ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast