अखाद्य वस्तु भेटिएपछि ‘मुस्ताङ गोल्ड’ मदिरा उत्पादकमाथि कारबाही, दुई लाख जरिबाना

हिमाल प्रेस ११ भदौ २०८२ १३:३२ | Wednesday, August 27, 2025
अखाद्य वस्तु भेटिएपछि ‘मुस्ताङ गोल्ड’ मदिरा उत्पादकमाथि कारबाही, दुई लाख जरिबाना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा.लि.द्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ मदिरामा अखाद्य वस्तु भेटिएपछि कारबाही गरेको छ। सिलबन्दी अवस्थामा बिक्रीमा रहेको उक्त मदिराभित्र झिँगाजस्तो वस्तु फेला परेको थियो।

उपभोक्ताले भदौ ४ गते महानगर प्रहरी बलमा मदिरामा अखाद्य पदार्थ भेटिएको गुनासो दिएका थिए। त्यसपछि नमुना संकलन गरी गरिएको भौतिक परीक्षणमा सिलबन्दी बोतलभित्र झिँगा भेटिएको प्रमाणित भएको हो।

मापदण्डविपरीत उत्पादन तथा बिक्री वितरण गरेको ठहर गर्दै महानगरपालिकाले कम्पनीलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ। यो कारबाही काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ बमोजिम गरिएको हो।

महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार जरिबाना रकम राजस्व खातामा जम्मा गरेपछि सोको विवरण विभागमा पेस गर्नुपर्नेछ।

महानगरपालिकाले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: ११ भदौ २०८२ १३:३२ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast