महिला टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले आयोजना गर्ने

हिमाल प्रेस १५ साउन २०८२ १९:२७
10
SHARES
महिला टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले आयोजना गर्ने

काठमाडौँ- महिला टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ ।

नेपालको काठमाडौँस्थित माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहने छ। जसलाई दुई समूहमा विभाजन गरेर खेल खेलाइने छ। उक्त प्रतियोगिताको खेल तालिका भने छिट्टै सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ।

आगामी सन् २०२६ मा हुने उक्त प्रतियोगिताको छनोट खेल आगामी जनवरी १२ देखि फेब्रुअरी २ तारिखसम्म हुनेछ। प्रतियोगितामा सहभागी १० टोलीबाट शीर्ष चार स्थान हासिल गर्नेले इङ्ग्ल्याण्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउनेछन्।

यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हो। प्रतियोगिताको एसिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भइसकेका छन्। नेपालले पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो।

प्रतियोगितामा आयरल्यान्ड र बङ्गलादेश सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका आधारमा स्वतः छनोट भएका हुन्। त्यस्तै अमेरिकी क्षेत्रबाट संयुक्त राज्य अमेरिका छनोट भएको छ।

बाँकी पाँच स्थानका लागि अफ्रिका र युरोपबाट दुई–दुई टोली तथा ईस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्। जसका लागि क्षेत्रीय छनोट प्रतियोगिताहरू सम्पन्न हुन बाँकी नै छ।

प्रकाशित: १५ साउन २०८२ १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast