तराई–मधेशमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन

हिमाल प्रेस १५ साउन २०८२ १५:५२
16
SHARES
तराई–मधेशमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन

काठमाडौँ- राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले तराई मधेशका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले मधेशका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी व्यवस्थाका लागि आवश्यक बजेट व्यवस्थापन गरी तत्काल माग पूरा गर्न सरकारलाई निर्देशन दिएको हो।

त्यस्तै देशका अन्य स्थानमा पनि खानेपानीको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति कमला पन्तले जानकारी दिइन्।

बैठकले मधेश प्रदेशलगायत देशैभर देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि अध्ययन गरी प्रतिवेदन बुझाउन सांसद उर्मिला अर्यालको संयोजकत्वमा समिति पनि गठन गरेको उनले बताइन्।

बैठकमा समिति सदस्यहरुले मधेशका जनताका लागि तत्काल खानेपानी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। समिति सदस्य नारायणकाजी श्रेष्ठले जनताको पहिलो आवश्यकताको रुपमा रहेका खानेपानीको उचित व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताए।

त्यस्तै समिति सदस्य बामदेव गौतमले सरकारले सक्रियताका साथ काम गर्ने हो भने मधेशका क्षेत्रमा खानेपानीको अभाव नहुने बताए। उनले चूरे क्षेत्र पहिलेदेखि नै सुख्खा क्षेत्र रहेकाले खानेपानी अभाव हुने कारण चुरेलाई देखाउनु उचित नहुने धारणा राखे।

बैठकमा खानेपानी मन्त्रालयका अधिकारीहरुले सहज रुपमा खानेपानी उपलब्ध गराउन सरकारले बजेटका साथै आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: १५ साउन २०८२ १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast