पूर्वी चितवनको २४ हेक्टरमा लगाइएको ड्रागनमा देखियो ढुसिजन्य रोग

हिमाल प्रेस १५ साउन २०८२ १५:३७
14
SHARES
पूर्वी चितवनको २४ हेक्टरमा लगाइएको ड्रागनमा देखियो ढुसिजन्य रोग

चितवन- ड्रागन फलमा ढुसिजन्य रोगको समस्या देखिएको छ। चितवनका अधिकांश फर्ममा यो समस्या देखिएको हो। जसका कारण उत्पादन घटेको छ। पूर्वी चितवनको रत्ननगरमा सिउडी फलको खेती गर्दै आएका ध्रुवप्रसाद अधिकारी यसवर्ष उत्पादनमा गिरावट आउने बताउँछन्। ढुसिजन्य रोगका कारण उत्पादनको ५० प्रतिशत मात्र राम्रो भएको उनले बताए। फलको बोक्रामा कालो दागहरू देखिँदा व्यवसायी र प्रयोगकर्ताले समेत कम प्रयोग गर्ने उनले बताए।

उनले भने,‘अहिले उत्पादनको ५० प्रतिशत राम्रो निस्किएको छ। अन्यमा समस्या देखिएको छ।’ औषधीको प्रयोगले यत्तिको भएको उनले बताए। राम्रो उत्पादन भएका फलहरू व्यवसायीले लैजाने गरेको बताउँदै उनले भने, ‘कालो दागहरू देखिएका फललाई सस्तोमा गाउँघरतीर बिक्री गर्नु परेको छ।’ यो रोग देखिएको फल एक साता भित्र प्रयोग गरिसक्नु पर्ने उनले बताए।

कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार जिल्लाको २४ हेक्टर क्षेत्रफलमा लगाइएको यस फलमा समस्या देखिएको हो। ढुसिका कारण फलमा कोत्रे रोगको संक्रमण देखिएको हो। यो रोगका कारण फल पहेलिने, दानामा खैरो थोपा देखा पर्ने, फल कालो भई चाउरीने जस्ता समस्या देखिने गर्दछ। उनले भनिन् ‘बिरुवामा पहिले संक्रमण भएर पछि फलमा संक्रमण देखिने गर्दछ । बिरुवामा पहिलेनै थोप्ला–थोप्ला देखिने गर्दछ।’

कोलेटोट्रिचम नामक ढुसिले यो रोग लाग्ने गर्दछ। फलमा यो रोग देखिएपछि बिस्तारै फल कालो हुनुका साथै फल फुट्ने गर्दछ। संक्रमित फल बजारमा बिक्रि नहुने हुँदा समस्या आउने गरेको उनले बताइन्। यो रोग लाग्न नदिनका लागि बोटमानै समस्या देखिएको समयमा कपर अक्सिक्लोराईडको प्रयोग गर्न सकिने उनले बताइन्। प्रतिलिटर पानीमा २ ग्राम यो औषधीको प्रयोग गरेर छर्न सकेमा समस्या नहुने उनको भनाइ छ।

यो रोग लाग्न नदिनका लागि समय समयमा निलो तुथोको प्रयोग गर्न सकिने छ। बिरुवा रोप्दा चोटपटक लागेको बिरुवा नरोप्ने, रोग रहित विरुवा लगाउने जस्ता काममा व्यवसायीक किसानले ध्यान दिनु पर्ने उनले जानकारी दिइन्। चितवनमा अहिले वार्षिक २८८ मेट्रिकटन फल उत्पादन हुँदै आएको छ।

प्रकाशित: १५ साउन २०८२ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast