प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जाँदै

हिमाल प्रेस १५ साउन २०८२ १४:५५
22
SHARES
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जाँदै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले यहि साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान भ्रमण गर्ने भएका छन्। भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान लागेका हुन्।

बिहीबार सिंहदरबारमा साउन १२ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले प्रधानमन्त्रीको नेतृत्वमा तुर्कमेनिस्तान भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।

बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनः स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २ दशमलव ८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने रानी जमरा सिँचाई आयोजना तेश्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब ९२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।

बैठकले न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका रजिष्टार विमल पौडेललाई न्याय सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको मुख्य रजिष्टार पदमा बढुवा गर्ने निर्णय गरेको उनले बताए।

प्रवक्ता गुरुङले वर्षा नहुँदा समस्यामा परेका किसानलाई आवश्यक राहत लगायतका व्यवस्था गर्न सरकारले तराई मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको बताए। खरिद, निर्माण प्रक्रियाका लागि सहज
रुपमा व्यवस्था गर्न सबै मन्त्रालयहरु गम्भीर भएको उनले जानकारी दिए।

प्रवक्ता गुरुङले जनताप्रति उतरदायी र जिम्मेवार भएर तत्काल समस्या समाधान गर्न खोजेको भन्दै यसमा अनावश्यक राजनीतिक स्टन्टबाजी आवश्यक नरहेको जिकिर गरे।

प्रकाशित: १५ साउन २०८२ १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast