
सर्लाही- सर्लाहीको चन्द्रनगर गाउँपालिका-६ कामद टोलमा घर भत्किँदा किचिएर एक बालकको मृत्यु भएको छ।
बुधबार स्थानीय नवीन सिंहको पुरानो दुई तले पक्की घर अचानक भत्किँदा आँगनमा खेलिरहेका स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठ, इँटा र माटोले बनेको उक्त घर पुरानो भएर लडेको हुनसक्ने प्रहरीको अनुमान छ। मृत बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा लगिएको छ। रासस
प्रकाशित: १५ साउन २०८२ ९:१५
प्रतिक्रिया