ट्राफिक कारबाही : मकवानपुरमा एक वर्षमा दुई करोड ४१ लाख राजस्व संकलन

हिमाल प्रेस १५ साउन २०८२ ९:१०
4
SHARES
ट्राफिक कारबाही : मकवानपुरमा एक वर्षमा दुई करोड ४१ लाख राजस्व संकलन

मकवानपुर- मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ४१ लाख ४५ हजार ५४ रुपैयाँ राजस्व संकलन गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम संकलन भएको हो ।

आव २०८०/८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ६९ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। मकवानपुरमा आव २०८१/८२ मा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए।

प्रकाशित: १५ साउन २०८२ ९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast