पेप्सिकोलामा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

हिमाल प्रेस १५ साउन २०८२ ८:०६
6
SHARES
पेप्सिकोलामा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

काठमाडौँ- काठमाडौँको पेप्सिकोला नजिक पानी ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। गएराति पौने नौ बजेतिर भएको उक्त दुर्घटनामा काभ्रेको रोसी गाउँपालिका-३ घर भएका २५ वर्षीय नवराज तुमसिङको मृत्यु भएको प्रहरी परिसर काठमाडौँले जनाएको छ।

काठमाडौँ महानगरपालिका-३२ छाप्रोमा जडिबुटीबाट पेप्सिकोलातर्फ आउँदै गरेको बा।प्र ०१-००४ क ३२८७ नम्बरको पानी ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको बा प्र ०२-०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकको पछाडि सवार तुमसिङ गम्भीर घाइते भएका थिए।

उनको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको रोसी-३ कै २६ वर्षीय सन्तोष मगर घाइते भएको छन्। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्यांकर चालक धादिङ घर भएका ४७ वर्षीय रामबहादुर थापालाई प्रहरी प्रभाग कोटेश्वरले पक्राउ गरेको छ।

प्रकाशित: १५ साउन २०८२ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast