राजेन्द्र लिङ्देनका स्वकीय सचिवबाट कुटिए राप्रपाका नेता

'अध्यक्षले कुटेर आउनु भन्नुभएको छ भन्दै हेल्मेटले हाने'

हिमाल प्रेस १५ साउन २०८२ ७:४१
776
SHARES
राजेन्द्र लिङ्देनका स्वकीय सचिवबाट कुटिए राप्रपाका नेता मोटरसाइकलमा घटना स्थल आउँदै गरेका खडायत।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिवले राप्रपाकै कार्यकर्तामाथि हेल्मेट प्रहार गरेका छन्।

लिङ्देनका स्वकीय सचिव छत्र खडायतले बुधबार साँझ धुम्बाराहीस्थित पार्टी कार्यालय नजिकै रहेको छाप्रो रेस्टुरेन्टमा पार्टीकै कार्यकर्ता राजु गैरेलाई हेलमेट प्रहार गरेर हिँडेका हुन्। खडायतले रेस्टुरेन्ट पुगेर गैरेलाई गफ गरौँ भन्दै केही पर लगेको र हेल्मेट हानेको प्रत्यक्षदर्शीको भनाइ छ।

सोही घटनाको सार्वजनिक भिडियो अनुसार खडायत मोटरसाइकलमा एकजना अन्य व्यक्तिसहित आएको र बसिरहेका केही व्यक्तिसँग हात मिलाएको देखिन्छ। गैरेसँग हात नमिलाई केही पर लगेको समेत भिडियोमा छ। गैरेका अनुसार आफूलाई खडायतले सामाजिक सन्जालमा लिङ्देनविरुद्ध लेखेको विषयमा सोध्दै कुटेको बताएका छन्।

‘मलाई मार्ने नियतले अध्यक्षले त कुटेर आउनु भन्नू भएको थियो तलाई म यहीँ मार्दिन्छु भन्दै बुलेटको हेल्मेटले प्रहार गरेको दृश्य हो। म धर्म रक्षाको एजेन्डा सुनेर मात्र यो पार्टीमा लागेको थिए यो पाटिमा १८ बर्ष दिएको योगदान स्वरुप धार्मिक उपहार।’ गैरेले सामाजिक सन्जालमा लेखेका छन्,‘

कुटपिटबाट कुनै चोटपटक नलागेपनि रिँगटा लाग्नेलगायतका समस्या भएपछि आफू अहिले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य जाँचका लागि आएको उनले बताए । यस्तै उनले छत्रविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी समेत दिएका छन्।छत्रले गैरेमाथि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध जथाभावी टिप्पणी आरोप लगाउँदै एकाएक कुटेर भोगेको बताइएको छ। राप्रपा अहिले दुई गुटमा विभाजित छ। एकातिर लिङ्देन र अर्कातिर महामन्त्री धवलशमशेर राणा छन्। राणा निकट मानिने गैरेलाई  लिङ्देन पक्षीय खडायतले कुटपिट गरेको नेताहरू बताउँछन्।

गैरेले गत निर्वाचनमा पाल्पामा राप्रपाको तर्फबाट गत प्रदेशसभा सदस्य पदमा उम्मेदवारी समेत दिएका थिए । यता खडायतको भने  प्रतिक्रिया लिन सकिएको छैन। उनको मोबाइल स्वीचअफ छ।

प्रकाशित: १५ साउन २०८२ ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast