कसरी बनाउने मिठो खीर? चाहिन्छ यी सामग्री

हिमाल प्रेस १५ साउन २०८२ ७:१०
14
SHARES
कसरी बनाउने मिठो खीर? चाहिन्छ यी सामग्री

काठमाडौँ- हामी आफ्नो स्वादअनुसारको खीर कुनै पनि बेला घरमा बनाएर खान सक्छौं। साउनमा त अझ खीरको प्रयोग बढी हुने भएकाले यस पटक हामीले स्वादिष्ट खीर कसरी बनाउने भन्ने विधि यहाँ प्रस्तुत गरेका छौं।

खीर पकाउने आवश्यक सामग्री

– चामल (बासमती वा ताइचिन) : १ कप

– दूध : १ लिटर

– चिनी : १ ठुलो चम्चा

– काजु (टुक्रा पारिएको) : २ सानो चम्चा

– नरिवल (टुक्रा पारिएका) : २ सानो चम्चा

– छोकडा (टुक्रा परिएको) : २ सानो चम्चा

– सुकुमेल : २-३ पिस

– किसमिस : ६-७ पिस

– ल्वाङ : २-३ पिस

– तेजपात : १-२ पात

खीर बनाउने तरिका

– सर्वप्रथम चामललाई केलाएर सफा पार्ने।

– खीर बनाउन आवश्यक चामललाई पानीले राम्ररी पखाल्ने।

– चुलोमा मध्यम तापको आगो बाल्ने एक लिटर दुध हालेर डेक्ची बसाल्ने।

– दुधलाई राम्ररी तात्न दिने।

– धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्ने।

– धिमे आगोमा दुध र चामल केही मिनेट पाक्न दिने।

– यसरी दुधमा चामल छड्किन थालेपछि पूर्वतयारी गरेको काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा हाल्ने। चिनी, तेजपात

पनि हाल्ने।

– अब सो चमल र सबै मसल गल्ने गरी सानो आगोमा १२-१५ मिनट पकाउने।

– यसरी तयार भएको खीरलाई चुलोबाट उतार्ने।

– अब मनतातो अवस्थामा खीर खाने ।

प्रकाशित: १५ साउन २०८२ ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast