कति छ आज डलरको भाउ?

हिमाल प्रेस १५ साउन २०८२ ६:४१
10
SHARES
कति छ आज डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

अमेरिकी डलर, कुबेती र बहराइन दिनारको मूल्य विगत केही दिनदेखि लगातार बढ्दै आएको छ। विगत केही दिनदेखि घट्दै आएका अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य पनि आज बढेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा थियो।

आज युरो एकको खरिददर १६० रुपैयाँ ९४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६३ पैसा छ। आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८७ रुपैयाँ २३ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५८ पैसा र बिक्रीदर ९० रुपैयाँ ९७ पैसा छ। हिजो अिस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २० पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा थियो।

कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ९१ पैसा छ। आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २४ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८३ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २७ पैसा थियो।

प्रकाशित: १५ साउन २०८२ ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast