एनसेलले ल्यायो ‘बिज सधैँ अन’ मा मनसुन अफर

हिमाल प्रेस १४ साउन २०८२ २१:४३
2
SHARE
एनसेलले ल्यायो ‘बिज सधैँ अन’ मा मनसुन अफर

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले आफ्नो सस्तो, भरपर्दो र लामो अवधिको सेवा योजनालाई अगाडि बढाउँदै व्यवसायिक ग्राहकहरूलाई लक्षित गर्दै नयाँ ‘मनसुन बिजनेस अफर’ सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत एनसेलका पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि ‘बिज सधैँ अन’ योजनामा विशेष छुट र लाभको व्यवस्था गरिएको छ।

अफरअनुसार ग्राहकले १० महिनाको शुल्क तिरेर १२ महिनासम्मको सेवा पाउनेछन्। यो अफर दुई प्रमुख योजनामा लागू हुन्छ–बिज सधैँ अन ३९९ प्लान र बिज सधैँ अन ६४९ प्लान।

३९९ प्लानमा ग्राहकले प्रत्येक महिना १० जीबी डेटा, चार सय मिनेट टक टाइम र चार सय एसएमएस पाउनेछन्। त्यस्तै ६४९ प्लानमा ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस प्राप्त हुनेछ।

एनसेलले कर्पोरेट ग्राहकहरूका लागि विशेष कम्बोरबन्डल अफर पनि ल्याएको छ। तीन मोबाइल नम्बरमा वार्षिक योजना लिएमा एउटा नम्बरले ६ महिनासम्म निःशुल्क सेवा पाउनेछ। त्यस्तै, पाँच नम्बरका लागि सदस्यता लिएमा दुईवटा नम्बरमा यो सुविधा लागू हुनेछ।

एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने, “साना वा ठूला सबै व्यवसायहरू अर्थतन्त्रको मेरुदण्ड हुन्। उनीहरूलाई सशक्त बनाउन वर्षभरि निर्धक्क सेवाको सुविधा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याएका हौं।”

यस अफरमा ग्राहकहरूले एनसेलको क्लाउड र डाटा सेन्टर सेवामा पनि सीमित अवधिको छुट पाउने छन्। इच्छुक व्यक्तिहरूले एनसेलको वेबसाइटमार्फत कलब्याकको लागि अनुरोध गर्न सक्नेछन्।

यसका साथै, मासिक योजनामा रहेका ग्राहकहरूले पनि वार्षिक योजनामा अपग्रेड गरी अफरको फाइदा लिन सक्नेछन्। बिज सधैं अन योजनामार्फत ग्राहकहरूले डेटा, भ्वाइस र एसएमएसका साथै ीष्यलकनबतभ एबिथ र मेरो लगानी एप समेत प्रयोग गर्न सक्ने सुविधा पाउँछन्।

‘लायन्सगेट’ विश्वकै अग्रणी कन्टेन्ट कम्पनी हो भने ‘मेरो लगानी’ एपले सेयर बजारमा लगानीको नाफारनोक्सान ट्र्याक गर्न सहयोग गर्छ।

प्रकाशित: १४ साउन २०८२ २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast