सिरहामा एक वर्षमा लागुऔषधका १०९ मुद्दा

हिमाल प्रेस १४ साउन २०८२ २१:२९
10
SHARES
सिरहामा एक वर्षमा लागुऔषधका १०९ मुद्दा फाइल तस्बिर।

सिरहा- सिराहा प्रहरीले गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभरबाट लागुऔषधसम्बन्धी १०९ वटा मुद्दा चलाएको छ।

जिल्ला प्रहरी कार्यालयसहित मातहतका प्रहरी युनिटद्वारा सञ्चालन गरिएको अभियानमा विभिन्न प्रकारका लागुऔषधसहित नेपाली तथा भारतीय गरी १८० जनालाई पक्राउ गरिएको प्रहरीको वार्षिक तथ्यांकले देखाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये १६८ पुरुष र पाँच जना महिला नेपाली रहेका छन् भने ६ जना पुरुष र एक महिला भारतीय नागरिक रहेको प्रहरीले बताएको छ। तीमध्ये १०७ वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने दुई वटा मुद्दा अझै बाँकी रहेका छन्।

यस अवधिमा प्रहरीले जम्मा एक हजार ३९ किलो ६०४ ग्राम गाँजा र एक किलो ५३५ ग्राम खैरो हिरोइन बरामद गरेको छ। यस्तै गोप्य सूचनाका आधारमा गरिएको जाँच तथा निगरानीका क्रममा डाइजेपाम, फेनार्गन, बुप्रोनर्फिन, लुपिजेसिक, नाइट्राजेपाम, स्पास प्रो, कोडिनलगायत सिन्थेटिक लागुऔषधसमेत बरामद गरी सम्बन्धितविरुद्ध मुद्दा दायर गरिएको छ।

प्रहरीले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखी निरन्तर निगरानी तथा कारबाही अभियान चलाइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पारवानले जानकारी दिए। रासस

प्रकाशित: १४ साउन २०८२ २१:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast