राम र सुशीलबाबुलाई कञ्चन पत्रकारिता पुरस्कार

हिमाल प्रेस १४ साउन २०८२ १९:५८
12
SHARES
राम र सुशीलबाबुलाई कञ्चन पत्रकारिता पुरस्कार

पोखरा– यस वर्षको कञ्चन पत्रकारिता पुरस्कार राम गुरुङ र सुशीलबाबु श्रेष्ठ (कैलाश) लाई दिइएको छ।

व्यवसायी विमलमान गुभाजुको परिवारले बाबुआमा वेदमान र नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापना गरेको यो पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले सञ्चालन गर्दैआएको छ।

हरेक वर्ष प्रदान गरिने यो पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र सम्मानपत्र छ।

प्रतिभा छनोट समितिले गरेको सिफारिसबमोजिम कार्यसमिति बैठकले अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङले जानकारी दिइन् । पुरस्कारका लागि छनोट भएका गुरुङ नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष हुन् । अर्का कैलाश गोरखाका पत्रकार हुन्।

अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगर तथा पदेनसदस्यमा अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर थिए ।
फोनिजको यही २७ साउनमा हुने २६ औँ स्थापना दिवस पुरस्कार प्रदान गरिने छ।

यसअघि यो पुरस्कारबाट रुद्रबहादुर हितानमगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ, केबी रानामगर, उदयबहादुर अमात्य, आश गुरुङ, हुमबहादुर गुरुङ, सुन्दरकुमार थकाली, दीपेन्द्र श्रेष्ठ र कमला रानामगर सम्मानित भइसकेका छन्।

प्रकाशित: १४ साउन २०८२ १९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast