नेपाल अर्को वर्ष विकासशील मुलुकमा स्तरोन्नति हुन्छ : ओली

हिमाल प्रेस १४ साउन २०८२ १७:१२
10
SHARES
नेपाल अर्को वर्ष विकासशील मुलुकमा स्तरोन्नति हुन्छ : ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि नेपालको अन्तर्राष्ट्रिय छवि थप उच्च हुने बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदनमाथि भएको छलफलपछि प्रधानमन्त्री ओलीले नेपाल अर्को वर्ष विकासशील मुलुकमा स्तरोन्नति हुने भन्दै यसले अन्तर्राष्ट्रिय छवि थप उच्च हुने र नेपाल आत्मनिर्भरतर्फ अघि बढ्ने बताएका हुन्।

उनले नेपालले सन् २०१० देखि नै आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिका प्रयास गर्दै आएकोमा प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा हालै मात्र सुधार आएको स्थितिले नेपाललाई आगामी वर्ष मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने अवसर आएको जिकिर गरे।

यसमा विगतको १५ आँै योजना र चालु १६ आँै योजनाले लिएका लक्ष्य समृद्ध नेपाल र सुखी नेपालीको सफल कार्यान्वयनको नतिजा देखापर्न थालेको उनले बताए।

प्रधानमन्त्री ओलीले विकासशील मुलुकमा स्तरोन्नति भएपछि नेपालले अति कम विकसित राष्ट्रको हैसियतले प्राप्त गर्ने सुविधा कटौति हुने अवस्था रहेको जानकारी दिए। यहि परिस्थितिको आंकलन गरेर नेपालले गत वर्षदेखि नै परराष्ट्र मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय कुटनैतिक पहल गरिरहेको उनले बताए।

उनले मुलुकको आर्थिक सुचकांक सकारात्मक हुँदै गएको भन्दै अर्को वर्ष नेपाल ग्रे लिष्टबाट निस्कने जिकिर गरे। त्यस्तै प्रधानमन्त्री ओलीले आफु भ्रष्टाचार पनि नगर्ने र अरुलाई पनि गर्न नदिने दोहराए। भ्रष्टाचार गर्ने कोहिलाई नछाड्ने उनले बताए। सरकार भ्रष्टाचारको पर्याय रहेको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले स्तरोन्नतिलाई दिगो बनाई राख्न केही कानुन खारेज गर्ने, केही संशोधन गर्ने र केही कानुन नयाँ बनाउनु पर्ने अवस्था रहेकोले यसमा प्रक्रिया अघि बढाइएको जानकारी दिए।

द्विपक्षीय बहुपक्षीय सहकार्यबाट पनि अन्तर्राष्ट्रिय सहयोग जुटाउन, लगानी वृद्धि गर्न र ऋण लिन पनि सहयोग पुग्ने गरी अवसर जुटेको उनले बताए।

प्रधानमन्त्री ओलीले नीजि क्षेत्रमा पर्ने प्रभाव, श्रम तथा रोजगारको क्षेत्रमा गर्नुपर्ने सुधार एवं व्यापारमा पर्ने प्रभावका सम्बन्धमा सरकारले आवश्यक रणनीति तय गरेको समेत उल्लेख गरे।

प्रकाशित: १४ साउन २०८२ १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast