रूसमा भूकम्प : जापान र अमेरिकामा सुनामीको चेतावनी

हिमाल प्रेस १४ साउन २०८२ १५:४७
20
SHARES
रूसमा भूकम्प : जापान र अमेरिकामा सुनामीको चेतावनी तस्बिर : एएफपी

काठमाडौँ- रूसको पूर्वी कमचटका क्षेत्रमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ। यो भूकम्पपछि क्षेत्रका विभिन्न स्थानमा उच्च लहरहरू उठेका छन् र सुनामीको चेतावनी जारी गरिएको छ।

भूकम्पको प्रभाव जापानसम्म पुगेको छ। जापानको फुकुशिमा दाइची र फुकुशिमा दाइनी न्यूक्लियर प्लान्टलाई सुरक्षा सतर्कताको आधारमा खाली गराइएको छ। सन् २०११ मा ९ म्याग्निच्यूडको भूकम्पपछि फुकुशिमामा भएको भीषण आणविक दुर्घटनापछि यो कदम चालिएको हो।

अमेरिकाले अलास्का र हुवाई सुनामीको चेतावनी जारी गरेको छ भने गुआम र माइक्रोनेशिया सुनामी वाचमा राखिएका छन्। हुवाई राज्यका गभर्नर जोश ग्रीनले नागरिकलाई शान्त रहन र उच्च भूभागमा जान आग्रह गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सतर्कता अपनाउन अपिल गरेका छन्।

चीन, फिलिपिन्स, इन्डोनेसिया, पेरु र इक्वाडोरनजिकके गालापागोस टापु क्षेत्रमा विभिन्न तहका सुनामी चेतावनी गरिएको छ। अमेरिकी अधिकारीहरूले हुवाईमा तत्काल सुनामीको असर नभएको जनाए पनि स्थानीय बासिन्दाहरू सतर्कतास्वरूप सुरक्षित स्थानतर्फ सर्न थालेका छन्।

रूसमा आएको भूकम्पपछि जापानको होक्काइडो प्रान्तमा पहिलोपटक करब ४० सेन्टीमिटर अग्लो सुनामी लहर मापन गरिएको छ। जापानको प्रशान्त तटीय क्षेत्रमा दर्जनौँ सुनामी लहरहरू टकराएको मौसम विभागले जनाएको छ।

फुकुशिमास्थित परमाणु प्लान्टहरूमा रेडियोधर्मी पदार्थ रहेकोले थप जोखिमबाट जोगिन ती स्थानहरू खाली गराइएका छन्। नागरिकलाई अग्लो स्थानमा जान र समुद्र तटबाट टाढा रहन निर्देशन दिइएको छ।

सुनामीको असरस्वरूप जापानमा करिब १९ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिइएको छ। तीमध्ये करिब १० हजार ५ सय होक्काइडोमा छन्। चिबा र टोकियो नजिकका समुद्र तटीय क्षेत्रहरूबाट पनि मानिसहरूलाई स्थानान्तरण गरिएको छ।

रूसमा भूकम्पपछि सेवेरो कुरिलस्क क्षेत्रमा बाढी आएको र पेत्रोपावलोव्स्क क्षेत्रमा केही भवनमा क्षति पुगेको बताइएको छ। भूकम्पमा परी केही मानिस घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

प्रकाशित: १४ साउन २०८२ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast