
काठमाडौँ- अस्ट्रेलियाको अर्बनमा तीजको अवसरमा सांगीतिक कार्यक्रम हुने भएको छ। सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तीरानी परियारले प्रस्तुति दिने भएका हुन्।
कार्यक्रम आगामी भदौ ६ अर्थात् अगस्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्लायेसमा हुनेछ।
विदेशमा रहेका नेपाली महिलालाई आफ्नो संस्कृति तथा चाडपर्वको महत्त्व बुझाउनका कार्यक्रम आयोजना गरेको अर्बन सोसाइटीका अध्यक्ष श्रेष्ठले बताए। उनले भने, ‘घर र स्वदेशदेखि टाढा हुँदा आफ्नो मौलिक संस्कृति भुल्ने अवस्था आउन सक्छ। यस्ता कार्यक्रमले नेपालीत्वको भावना जगाउँन सक्छ।’
कार्यक्रममा प्रवेश शुल्क ५९ डलर र २५ डलर राखिएको श्रेष्ठले जानकारी दिए। उनका अनुसार अनलाइनबाट ५५ डलरमै टिकट खरिद गर्न सकिनेछ।
प्रकाशित: १४ साउन २०८२ १०:५३
प्रतिक्रिया