काभ्रेको महाभारतमा हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार

हिमाल प्रेस १४ साउन २०८२ ९:१६
6
SHARES
काभ्रेको महाभारतमा हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार

काठमाडौँ- काभ्रेको डाँडापारिस्थित महाभारत गाउँपालिका १ गोकुलेकी एक गर्भवतीको मंगलबार हेलिकप्टरबाट उद्धार गरिएको छ।

समयमै उद्धार हुँदा जोखिममा परेकी आमा र नवजात शिशुको जीवन जोगिएको छ। सोमबार साँझदेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्यचौकीमा भर्ना भएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गोकुले स्वास्थ्यचौकीमा छटपटाइरहेकी उनलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो।

उनलाई काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्यचौकीकी प्रमुख पूर्णिमा तुम्सिङले जानकारी दिइन्। यसअघि गत शुक्रबार दिउँसो महाभारत–७ बनखुकी गर्भवती २८ वर्षीया देवकुमारी पाख्रिनको हेली एम्बुलेन्सबाट उद्धार गरिएको थियो।

काभ्रेको महाभारत गाउँपालिकामा अधिकांश सडक कच्ची छन्। वर्षाका कारण यी सडकमा नियमित रूपमा सवारीसाधन सञ्चालन हुने अवस्था नभएकाले हेलिकप्टरबाट गर्भवतीको उद्धार गर्नुपर्ने बाध्यता छ।

पालिका अध्यक्ष जिम्बाले दुर्गम क्षेत्रमा राष्ट्रपति-महिला उत्थान कार्यक्रम प्रभावकारी बनेको बताउँदै ग्रामीण भेगका धेरै महिला त्यसबाट लाभान्वित भएका जानकारी दिए। रासस

प्रकाशित: १४ साउन २०८२ ९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast