
भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजनामा २०८१/८२ को वार्षिक प्रगति समीक्षा र २०८२/८३ को वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यक्रम साउन २१ र २२ गते, सानोठिमीको प्राविधिक प्रशिक्षण प्रतिष्ठानमा आयोजना हुने भएको छ।
देशभरका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखहरूलाई अनिवार्य रूपमा सहभागी हुन मन्त्रालयले निर्देशन दिएको छ।
कार्यक्रममा सहभागी हुँदा वित्तीय तथा भौतिक प्रगति प्रतिवेदन, आर्थिक विवरण, IEMIS अद्यावधिक विवरण, बजेट विवरण, दरबन्दी मिलान योजना, शिक्षा योजनाको अवस्था तथा असुलउपरसम्बन्धी कागजातहरू साथमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ।
शिक्षा क्षेत्रको समग्र अनुगमन, मूल्यांकन र समन्वयमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रमको नेतृत्व शिक्षा योजना तथा अनुगमन शाखाका निर्देशक नीलकण्ठ ढकालले गर्नेछन्।