नेपाली बजारमा सुन सस्तो, चाँदी महँगियो

हिमाल प्रेस १३ साउन २०८२ १२:४९
24
SHARES
नेपाली बजारमा सुन सस्तो, चाँदी महँगियो

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो। सोमबार छापावाल सुन १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य भने आज वृद्धि भएको छ। सोमबार प्रतितोला २ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ रुपैयाँले बढेर २ हजार ३ सय रुपैयाँ पुगेको हो।

आजको अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३१८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १३ साउन २०८२ १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast