
काठमाडौँ- बाढीपहिरोका कारण देशका विभिन्न ८ स्थानमा सडक पूर्ण रूपमा अवरोध रहेको छ। केही स्थानमा सडक एकतर्फी सुचारु गरिएको नेपाल प्रहरीले बिहान १० बजे जारी गरेको अद्यावधिक सूचनामा जानकारी दिएको हो।
प्रहरीका अनुसार संखुवासभामा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको छ । त्यस्तै, रसुवामा नेपाल र चीन नाका जोड्ने पुल तथा सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पूर्ण रूपमा अवरोध छ। लमजुङमा बेसिसहर-मनाङ सडक खण्ड पहिरोका कारण अवरुद्ध छ । गुल्मीको रुद्रवेणी वामी सडक खण्ड र रिडी-वामी सडक खण्ड पूर्णरुपमा अवरुद्ध छ।
रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड बाढीका कारण अवरुद्ध छ भने बैतडीको दशरथ चन्द राजमार्ग अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: १३ साउन २०८२ ११:२०
प्रतिक्रिया