
काठमाडौँ- जनकपुरधाममा खकुरी प्रहारमा एक युवतीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जनकपुरधाम-४ कटैयाचौरीमा गए राति करिब साढे ११ बजेतिर घटना भएको हो। खुकुरी लागेर गम्भीर घाइते भएकी धनुषा क्षिरेश्वरनाथ नगरपालिका-४ की १५ वर्षीया अन्जली यादवको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।
त्यस्तै घटनामा अन्जलीकी आमा ३६ वर्षीया आशादेवी यादव र १५ वर्षीया राधादेवी यादव घाइते भएका छन्। घाइते दुवै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। घाइते आशादेवीको अवस्था गम्भीर रहेको बताइएको छ। भाडाको घरको एउटै कोठामा उनीहरू तीनै जना बस्दै आएका थिए।
राति सुतिरहेको अवस्थामा एक जना व्यक्ति आएर उनीहरूमाथि खुकुरी प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ। खकुरी प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसकेको जनाइएको छ। घटनाको कारणबारे प्रहरीले हाल जानकारी दिएको छैन।
घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले घटनाको पुष्टि गरे पनि विस्तृत विवरण दिन चाहेनन्। उनले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताए।