नारायणगढ-मुग्लिन सडकखण्डमा तेल बोकेको ट्यांकरले मोटरसाइकललाई दियो ठक्कर, एकको मृत्यु

हिमाल प्रेस १३ साउन २०८२ ६:४८
4
SHARES
नारायणगढ-मुग्लिन सडकखण्डमा तेल बोकेको ट्यांकरले मोटरसाइकललाई दियो ठक्कर, एकको मृत्यु

काठमाडौँ- चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा तेल बोकेको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

घटनामा अर्का एक जना घाइते भएका छन्। भरतपुर महानगरपालिका-२९ चौधकिलोमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १३६६ नम्बरको तेल ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका-११ बस्ने ३३ वर्षीय सागर कुमालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

घाइते भरतपुर-१४ का ४७ वर्षीय कविराज विश्वकर्माको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। रासस

प्रकाशित: १३ साउन २०८२ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast