कोशीमा तीन हजारभन्दा बढी डेंगु संक्रमित, तीनको मृत्यु

हिमाल प्रेस १२ साउन २०८२ १७:२२
20
SHARES
कोशीमा तीन हजारभन्दा बढी डेंगु संक्रमित, तीनको मृत्यु

झापा- कोशी प्रदेशका १४ जिल्लामै डेंगु संक्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ। निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेंगु संक्रमण रहेका छन्।

जसमा तीन जनाको मृत्यु भएको उनले बताइन्। पहाडी जिल्लामा डेंगु संक्रमण अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्यांकले देखाएको छ।

हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुट्टा १४३, ओखलढुंगा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेंगु  संक्रमण देखिएको उनले जानकारी दिइन्।

उनले विगत ५० वर्षको अवधिमा विश्वमा डेंगु संक्रमण ३० गुणाले बढेको पाइएको बताए। उनले प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीहरूद्वारा खोजपड्ताल र नष्ट गर्ने कार्यक्रम भइरहेको बताइन्।

निर्देशनालयकी अधिकृत खत्रीले एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेमा डेंगु संक्रमण हुने हुँदा पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउन अनुरोध गरिन्।

असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु आदि डेंगुको लक्षण रहेको उनको भनाइ छ।

उनले यिनै लक्षणका आधारमा चिकित्सकहरूले डेंगु संक्रमणको किटको माध्यमबाट चेकजाँच र उपचार गर्ने बताइन्।

प्रकाशित: १२ साउन २०८२ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast