सिन्धुलीमा ट्राफिक नियमको बेवास्ताले बढ्यो दुर्घटना, एक वर्षमै ३० जनाको मृत्यु

हिमाल प्रेस १२ साउन २०८२ १३:२७
12
SHARES
सिन्धुलीमा ट्राफिक नियमको बेवास्ताले बढ्यो दुर्घटना, एक वर्षमै ३० जनाको मृत्यु

सिन्धुली- बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-६ शीतलपाटीमा काठमाडौँबाट बर्दिबासतर्फ जाँदै गरेको पिकअप गाडी दुर्घटना हुँदा मकवानपुरका धर्मराज रेग्मीको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्।

दुई महिनाअघि मदन भण्डारी राजमार्गमा दुधौलीका १० वर्षीय मन्देश सदा कारको ठक्करबाट ज्यान गुमाएका थिए। उनका बाबुले ट्राफिक नियम उल्लंघन र पूर्वाधार अभावलाई दुर्घटनाको कारण बताएका छन्।

२०७८ साउनदेखि हालसम्म सिन्धुलीमा सवारी दुर्घटनाबाट ३० जनाभन्दा बढीको मृत्यु र ५२२ जनाभन्दा बढी घाइते भएका छन्। बीपी, मदन भण्डारी र मध्यपहाडी राजमार्ग हुँदै फैलिएको यो क्षेत्रमा एक वर्षमा २०० भन्दा बढी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकमा उल्लेख छ।

दुर्घटनाको प्रमुख कारण तीव्र गति, मोडयुक्त सडक, ट्राफिक नियमको बेवास्ता, चेतनाको कमी र आवश्यक प्रविधिको अभाव रहेको ट्राफिक प्रहरी निरीक्षक मोहम्मद कलिम अञ्जुमले बताए।

अनुभवी चालकहरूले पनि ट्राफिक नियमको पालना सबैका लागि अनिवार्य भएकोमा जोड दिएका छन्। स्थानीयवासी र पैदलयात्रीको लापरवाही, सडक प्रयोगको असजिलो व्यवहारले दुर्घटनाको जोखिम बढाइरहेको उनीहरू बताउँछन्।

स्थानीय पत्रकार सुनिता दर्नालले सञ्चारमाध्यमबाट जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै ट्राफिक नियमको प्रचारप्रसारमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन्। सडक सुरक्षा सुनिश्चित गर्न ट्राफिक नियमको पालना, पूर्वाधारको सुधार र नागरिक चेतनाको समन्वय अपरिहार्य देखिएको छ।

प्रकाशित: १२ साउन २०८२ १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast