
रसुवा- रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ स्थित गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा आइतबार डुबेर दुई जना बेपत्ता भएका छन्। मोरङ घर भएका मनोज न्यौपाने र सुजन ढकाल दिउँसो गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।
उनीहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
प्रकाशित: ११ साउन २०८२ २१:०१
प्रतिक्रिया