मिडिया काउन्सिल विधेयकमा विज्ञहरूसँग छलफल

हिमाल प्रेस ११ साउन २०८२ १८:०१
12
SHARES
मिडिया काउन्सिल विधेयकमा विज्ञहरूसँग छलफल

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयक २०८० सम्बन्धमा विज्ञसँग छलफल गरेको छ। सिंहदरबारमा आइतबार बसेको बैठकमा विज्ञहरूले विधेयकका रहेको केही व्यवस्थालाई सुधार गर्दै अघि बढ्नुपर्ने सुझाव दिएका थिए।

बैठकमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, वरिष्ठ पत्रकार तारानाथ दाहाल, त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका विज्ञ लगायतले मिडिया काउन्सिल विधेयकको उद्देश्य पत्रकारिताको क्षेत्रमा आउन सक्ने विविध विषयलाई नियमन गर्ने विधेयक भएकाले मिडिया काउन्सिललाई स्वायत्त हुने गरी कानुन बनाउनुपर्ने सुझाव दिए।

त्यस्तै मिडिया काउन्सिलमा स्वतन्त्र नियुक्ति, संसदको प्रतिनिधित्व अनिवार्य रूपमा रहने प्रावधान रहने समेत सुझाव उनीहरूले दिएका छन्। साथै उनीहरूले विधेयकले छापा माध्यमलाई जत्ति नै प्रसारण माध्यमलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। समितिले सोमबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा सरोकारवालाहरूसँग अन्तर्क्रिया गर्ने जनाएको छ।

पत्रकारिता क्षेत्रमा पेसागत तथ व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालनका लागि सरकारले उक्त विधेयक ल्याएको हो।

प्रकाशित: ११ साउन २०८२ १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast