टाउकोमा काठ प्रहार गरी श्रीमतीको हत्या

हिमाल प्रेस ११ साउन २०८२ ११:३३
20
SHARES
टाउकोमा काठ प्रहार गरी श्रीमतीको हत्या

सुर्खेत- सुर्खेतमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्।

गएराति वीरेन्द्रनगर नगरपालिका-१३ सुर्खेत सुगरखोलास्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन राखेको काठ टाउको प्रहार गरी घटनास्थलमा हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं मोहनजंगा बुढथापाले जानकारी दिए।

रविनाको घटनास्थलमा नै मृत्यु भएको भनी स्थानीयले अस्थायी प्रहरी बिट कहरेखोलामा खबर गरेपश्चात तत्काल प्रहरी त्यहाँ पुगेर हत्या गर्ने ठाडामगरलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएका ठाडामगरको थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ११ साउन २०८२ ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast