कुलिङ पिरियड विवाद : एमालेले ‘म्याउँ’ गर्‍यो भनेका प्रचण्डमाथि छानबिन गर्नुपर्ने योगेशको अडान

हिमाल प्रेस ११ साउन २०८२ ९:२९
44
SHARES
कुलिङ पिरियड विवाद : एमालेले ‘म्याउँ’ गर्‍यो भनेका प्रचण्डमाथि छानबिन गर्नुपर्ने योगेशको अडान

काठमाडौँ- संघीय निजामती विधेयकमा कुलिङ पिरियडको विवाद तीब्र बनेको छ।प्रतिनिधिसभाबाट पारित भएपछि २ वर्ष हदम्याद रहेको कुलिङ पिरियडको व्यवस्था हटेको फेला परेको थियो।

प्रतिनिधिसभाको सुशासन समितिमाथि अनेक आरोप लगाउँदै अहिले संसदीय छानबिन समिति गठन गरेर छानबिन भइरहेको छ। यसै सन्दर्भमा राष्ट्रियसभामा नेकपा एमालेका ४ सांसदले कुलिङ पिरियड हटाउन संशोधन दर्ता गराएका छन्।

शनिबार प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले संशोधन प्रस्ताव हालेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानबिन गर्नुपर्ने बताएका थिए।

उनले एक सार्वजनिक समारोहमा कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गरेको आरोप लगाएका थिए। यसैको जबाफ स्वरूप आज नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले अघिल्लो पटक प्रचण्डकै कारण कुलिङ पिरियड हटेको भन्दै छानबिन उनीमाथि पनि हुनुपर्ने बताएका छन्। सामाजिक सन्जालमार्फत भट्टराईले यसअघि प्रचण्ड प्रधानमन्त्री भएका बेला नै कुलिङ पिरियड हटेको बताएका छन्।

‘…२०८० फागुन ११ गते संसद्‌मा विधेयक दर्ता भएको बेला तपाईं नै प्रम हुनुहुन्थ्यो र तपाईंकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले यो विधेयकलाई संसद्‌मा पेस गर्न स्वीकृति दिएको हो,’ भट्टराईले लेखेका छन्, ‘जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाईं कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन । आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो?’

योगेशले भनेका छन्,’प्रतिनिधिसभाको राज्य ब्यबस्थ तथा सुशासन समितिको तपाईं वरिष्ठतम सदस्य पनि हो ।

जुन समितिले कुलिङ अफ पिरियड राख़्ने निर्णय गरेको थियो । तर समितिको प्रतिबेदन संसदमा पेस गर्दा यो ब्यवस्थालाई तलमाथि किन गरियो? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होईंन र? अनि छानबिन त तपाईमाथि नै गर्नु पर्ने हो की?’

https://www.facebook.com/yogesh.bhattarai.754

‘कुलिङ अफ पिरियड’ भएको छेडखानीमा प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ : प्रचण्ड

प्रकाशित: ११ साउन २०८२ ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast